दाङमा २२ हजारले मताधिकार सुरक्षित गरे

तुलसीपुर,२४ साउन । फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराउने कार्यक्रम जारी छ । जिल्लाका नौ स्थानिय तह बाट नामावली संकलन कार्य जारी रहेको जिल्ला निर्वाचन कार्यालय दाङले जनाएको छ । कार्यालयका अनुसार हाल सम्म २२ हजार ५ सय ३० जनाले नाम दर्ता गराएको निर्वाचन अधिकारी बिजयकुमार कार्कीले जानकारी दिए ।

जसमा पुरुषको तुलनामा महिलाहरु धेरै रहेका छन । ११ हजार ९ सय ९१ महिला तथा १० हजार ५ सय ३९ पुरुषले फोटोसहितको नामावलीमा नाम दर्ता गराई आफ्नो मताधिकार सुरक्षित गरेका हुन । यही साउन १ गते बाट नामावली दर्ता कार्यक्रम सुरु भएको होे ।

१५ गतेसम्म जिल्ला निर्वाचनको कार्यालयबाट तथा साउन १६ गते देखि  स्थानिय तहबाट नामावली संकलन गर्ने कार्यक्रम जारी रहेको निर्वाचन अधिकारी कार्कीले बताए ।  घोराही उपमहानगरमा भने जिल्ला निर्वाचन कार्यलय बाट नामावली संकलन भैरहेको छ । नाम दर्ता गराउने क्रम साउनको ३२ गते सम्म चल्ने छ ।

प्रकाशित मिति : २०७४ साउन २४ गते मङ्गलवार
प्रतिक्रिया