सडक खन्ने क्रममा पुरिएर एक जनाको मृत्यु

रुकुम पश्चिम, ४ बैशाख । सडक खन्ने क्रममा आएको ढिस्कोले पुरिएर रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ ।जिल्लाको त्रिवेणी गाउँपालिका वडा नं ७ मा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गतको सडक खन्ने क्रममा माथिबाट ढुङ्गा र माटोको ढिस्को खसेपछि स्थानीय ४८ वर्षीय रणे ओलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक कपिल शाहीले बताउनुभयो ।

घटनास्थलमा जम्मा ९ जनाले सडक खनिरहेको थिए । त्यसमध्ये ८ जना भागेर ज्यान बचाउन सफल भएका थिए । तर रणे ओेली भने सडक खन्ने कुटो निकाल्न लाग्दा घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक शाहीले बताउनु भयो ।

प्रकाशित मिति : २०७८ बैशाख ४ गते शनिवार
प्रतिक्रिया