पेट्रोल पम्पमा एकाएक किन गाडीहरुको भिड लाग्यो

तुलसीपुर, ४ बैशाख । दाङ तुलसीपुरमा पेट्रोल तथा डिजेलको अभाव नभएपनि पेट्रोल पम्पहरुमा भने एकाएक भिड लागेको छ । घोराही तुलसीपुर सडक खण्ड अन्र्तगत घोराहीरोडमा रहेको राप्ती व्यापार पेट्रोल पम्पमा विहानै देखी गाडीहरुको भिड लागेको छ । भिड लाग्नुको कारण तेल अभाव भएर होईन तर पेट्रोलियम पदार्थमा नयाँ प्रणाली लागु भएकाले समस्या भएको हो । नेपाल आयल निगम ईन्धन डिपो कार्यालय तुलसीपुरका अनुसार गएको चैत ३१ गते देखी नयाँ नियम अर्थात ईपिआर प्रणाली लागु भएको छ । उक्त नियम पेट्रोल पम्प सन्चालकहरुले लागु गर्न नमान्दा समस्या भएको हो ।

जसले गर्दा पेट्रोल पम्पमा तेल भएता पनि विक्रि नगर्ने सन्चालकहरुले अडानले सेवाग्राही मर्कामा परेका छन् । उनीहरुले नयाँ नियमलाई लागु गर्न नमानेको र पुरानै तरिकाले विक्रि गर्न खोजेपछि केहि समस्या उत्पन्न भएको कार्यालयले बताएको छ । नयाँ प्रणाली अर्थात ईन्टरप्राईजेज रिसोर्ट लागु गरी कार्यन्वयन गर्न भनिएको कार्यालयले बताएको छ ।

यसमा छलफल भईरहेको र तेल अभाव नभएको कार्यालयले बताएको छ । कतिपय पेट्रोल पम्पहरुले नयाँ प्रणालीको विरोधमा तेल विक्रि गरेका छैनन् । यो प्राविधिक समस्यालाई समाधान गर्ने र अभाव हुन नदिनका लागी नेपागन्जबाट तेल माग भएको कार्यालयले बताएको छ ।तेल हुदा हुदै पनि पेट्रोल पम्प सन्चालकहरुले विक्रि नगर्दा डिजेल र पेट्रोलका लागी लामो समय सम्म गाडीहरु लाइनमा बस्न बाध्य छन् ।

प्रकाशित मिति : २०७८ बैशाख ४ गते शनिवार
प्रतिक्रिया