कोहलपुरमा बस र टिपर ठोक्किदा ५ जनाको मृत्यु

तुलसीपुर, ३ बैशाख । बाँकेको कोहलपुरमा बस र टिपर ठोक्किदा ५ जनाको मृत्यु भएको छ भने ४२ जना घाइते भएका छन्। सुर्खेतबाट धरानका लागि छुटेको मे १ ख ३३४७ नम्बरको बस बाँकेको कोहलपुर नगरपालिका–१३, रोहिणी खोला नजिकै विपरीत दिशाबाट आइरहेको टिपरसँग ठोक्किएर दुर्घटना भएको हाे

दुर्घटनामा एक जनाको घटनास्थलमै र अन्य ४ जनाको उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर पु¥याएलगत्तै मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख, डीएसपी रवीन्द्र खनालले जानकारी दिनुभयो । मृतकको सनाखत हुन बाँकी छ। उद्धार गरिएका ४२ घाइतेको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ।

प्रकाशित मिति : २०७८ बैशाख ३ गते शुक्रवार
प्रतिक्रिया