दाङमा आइसियु र अक्सीजन सहितका वेड संख्या बृद्धि गरिने

दाङ, ३ बैशाख । कोरोना संक्रमण बढ्दै जान थालेपछि दाङमा आइसियु र अक्सीजन सहितका बेड संख्या बृद्धी गर्ने निर्णय भएको छ । जिल्ला कोरोना संकट व्यवस्थापन समितिको बसेको बैठकले कोरोना बिषेश अस्पताल बेलझुण्डिमा रहेको ५ बेडको आइसियु बेडलाई स्तरबृद्धी गरी २५ को बनाउने निर्णय भएको छ ।यस्तै देउखुरी क्षेत्रका चारवटा पालिकाले २५ बेडको अक्सीजन सहितको बेड तत्काल बनाउने र राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा रहेको १७ बेडलाई २५ बेडमा बृद्धी गरेर बिरामीको उपचार गर्ने निर्णय भएको छ ।

गम्भिरलाई आइसियुमा भर्ना गर्ने, अक्सीजन दिनुपर्ने अबस्थाका लागि घोराही तथा लमहीमा राख्ने र सामान्य अबस्थाकालाई घरकै आइसोलेसनमा व्यवस्थापन गर्ने बैठकले निर्णय गरेको छ ।साथै बेलझुण्डि कोरोना अस्पतालमा अध्ययन गरिरहेका आयुर्बेदका बिद्यार्थीहरुका लागि करिब ५० लाखको भवन तत्काल बनाउने समेत निर्णय भएको छ । त्यसका लागि घोराही र तुलसीपुर उपमहानगरले ११÷११ लाख र अन्य पालिकाहरुले ७ लाख रुपैयाँका दरले रकम उठाएर भवन बनाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिनुभयो । स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्ने तर्फ समेत अब स्थानिय प्रशासनले कडाई गर्ने भएको छ ।

प्रकाशित मिति : २०७८ बैशाख ३ गते शुक्रवार
प्रतिक्रिया