श्रद्धान्जली सभा सम्पन्न

तुलसीपुर, ३ बैशाख । तुलसीपुर दाङ सुनचादी व्यवसायी संघ तुलसीपुरको आयोजनामा श्रद्धान्जली सभा कार्यक्रम तुलसीपुरमा सम्पन्न भएको छ । संघका केन्द्रिय कोषाध्यक्ष तथा तुलसीपुरका पुर्व कोषाध्यक्ष सुदिप श्रेष्ठकी ममतामयी आमा तुलसीपुर ५ निवासी मनमाया श्रेष्ठको निधन भएको सातौँ दिनमा संघले श्रद्धान्जली सभा कार्यक्रमको आयोजना गरेको हो ।

संघका अध्यक्ष हरिकृष्ण विक र सचिव लोक बहादुर विश्वकर्माद्धारा हस्ताक्षरित संमबेदना पत्र स्वर्गिय श्रेष्ठकी धर्मपति खेमनारायण श्रेष्ठलाई हस्तान्तरण गरिएको थियो । मृतआत्माको चिरशान्तीको कामना गदै दुखदको घडिमा शोक सन्तप्त परिवार प्रति गहिरो संवेदना प्रकट गरिएको छ । संमवेदना पत्र ग्रहण गदै श्रेष्ठले सुनचादी व्यवसायी संघले दुखको यस घडिमा संवेदना प्रकट गरी सान्त्वना दिएको धन्यावाद ज्ञापन गर्नु भएको थियो । सभामा संघका पदाधिकारी तथा सुनचाँदी व्यवसायीहरुको सहभागिता रहेको थियो । श्रेष्ठको गएको चैत २८ गते ६९ वर्षको उमेरमा निधन भएको थियो ।

प्रकाशित मिति : २०७८ बैशाख ३ गते शुक्रवार
प्रतिक्रिया