कोरोनाबाट अति प्रभावित १४ जिल्लाको सुचीमा दाङ पनि प¥यो

काठमाण्डौ, २ बैशाख । काठमाडौं उपत्यकाका तीन जिल्ला सहित १४ जिल्ला कोरोना भाइरस (कोभिड(१९) को संक्रमणबाट अति प्रभावित क्षेत्रमा परेका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बाग्लुङलाई अति प्रभावित जिल्लामा वर्गीकरण गरेको हो ।

कोरोना संक्रमण तीव्र गतिमा बढेका कारण १४ जिल्लालाई अति प्रभावित क्षेत्रमा राखिएको मन्त्रालयका सहप्रवक्ता डा.समिर अधिकारीले मन्त्रालयले यस क्षेत्रमा बालबालिकालाई विद्यालय नपठाउन समेत अपील गरेको छ ।

प्रकाशित मिति : २०७८ बैशाख २ गते बिहिवार
प्रतिक्रिया