
प्युठान, १ बैशाख । प्यूठानको स्वर्गद्वारी नजिकै भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुगेको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीमा कार्यरत कर्मचारी लिएर प्यूठानको स्वर्गद्वारी गएको लु १ ज १६५५ नम्बरको जिप दुर्घटनामा परेको हो । बुधबार बिहान ११ बजेको समयमा भएको दुर्घटनामा स्याङ्जाका घर भई हाल जिल्ला प्रशासन कार्यालय गुल्मीमा कार्यरत प्रमुख प्रशासकीय अधिकृत ३८ वर्षका श्याम न्यौपाने, रेसुङ्गा नगरपालिका –७ का कम्प्युटर अपरेटर सूर्यप्रसाद पन्थी, खरिदार धुर्काेट गाउँपालिका–७ बस्ने ईश्वरी भण्डारी, यमलाल पन्थी, मुसिकोट नगरपालिका–३ बस्ने २२ वर्षका सवारी चालक केशव कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।
दुर्घटनामा ११ जना घाइते भएका छन् । घाइते हुनेहरुमा रेसुंगा नगरपालिका वडा नम्बर ४ बस्ने वर्ष २३ की सुनीता कडेंल, वर्ष २९ की वसन्ती पौडेल, रेसुंगा नगरपालिका १ बस्ने वर्ष ३० की गीता मुखीया, वर्ष १२ का अनीश बोहोरा, रेसुंगा नगरपालिका २ बस्ने वर्ष २४ की तारा भण्डारी, वर्ष ६ का आशिष भण्डारी, वर्ष ३३ का दिल बहादुर थापा, वर्ष २७ का कमला ज्ञवाली, वर्ष १२ का सार्थक ज्ञवाली, वर्ष ४ की निकीता पौडेल र मल्लरानी गाउपालिका ३ बस्ने वर्ष ३० का सन्दिप परियार रहेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।
ती मध्ये ४ जनाको अवस्था गम्भिर रहेको र थप उपचारका लागी काठमाण्डौं पठाउने तयारी भएको प्रहरीले बताएको छ । अन्य घाइतेलाई प्राथमिक स्वास्थ्य केन्द्र भिङ्ग्रीमा लगिएको जिल्ला प्रहरी कार्यालय प्युठानले जानकारी दिएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।