राज्यको निर्णायक प्रकृयामा सार्की समुदायको पहुँच हुनुपर्छ

तुलसीपुर, २८ चैत्र । राज्यको निर्णायक प्रकृयामा सार्की समुदायको पहुँच नहुँदा सम्म अधिकार सुरक्षित नहुने एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । दाङको तुलसीपुरमा शनिबार भएको नेपाल सार्की समाज तुलसीपुर नगर कमिटीको प्रथम भेलालाई सम्बोधदन गर्दै बक्ताहरुले राज्यको नीति निर्माण तहमा सार्की समुदायलाई पु¥याउनका लागि राज्यले विशेष व्यवस्था गर्नुपर्ने बताए ।

नेपाल सार्की समाज तुलसीपुर नगर कमिटीका अध्यक्ष जीत बहादुर सार्कीको अध्यक्षता एवं सार्की समाज दाङका सल्लाहाकार डील्लीबहादुर सार्कीको प्रमुख आथित्यमा कार्यक्रम भएको थियो । सो अवसरमा नेपाल सार्की समाज दाङका अध्यक्ष देब बहादुर सार्की, तुलसीपुर चेम्बर अफ कमर्सका सहकोषाध्यक्ष युवराज नेपाली, जोगेन्द्र सार्की लगाएतले बोल्नु भएको थियो ।

७ सदसीय कार्यसमिती चयन
यसैबिच भेलाले दल बहादुर नेपाली सार्कीको अध्यक्षतामा ७ सदसीय कार्यसमिती चयन गरेको छ । जस्को उपाध्यक्षमा प्रेम सार्की, सचिवमा अञ्जली सार्की,कोषाध्यमा अखील सार्की चयन भएका छन । त्यसै गरी सदस्यहरुमा प्रकाश सार्की,अनिल सार्की र कालि बहादुर सार्की चयन भएको जिल्ला कोषाध्यक्ष चक्र प्रकाश सार्कीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७७ चैत्र २८ गते शनिवार
प्रतिक्रिया