बाँस उद्यम प्रवर्द्धनको लागि तुलसीपुरमा कार्यशाला गोष्ठी

तुलसीपुर, २८ चैत । बाँस उद्यम प्रवर्द्धनको लागि तुलसीपुरमा कार्यशाला गोष्ठी सम्पन्न भएको छ । ग्रिन फाउण्डेसन नेपालका केन्द्रीय अध्यक्ष घनश्याम पाण्डेको अध्यक्षता तथा नेपाल नगरपालीका संघका अध्यक्ष अशोक व्याञ्जुको प्रमुख आतिथ्यमा गोष्ठी सम्पन्न भएको हो ।

त्यस अवसरमा बोल्ने बत्ताहरुले हस्तकला विक्री केन्द्रको विकास गर्न सके बाँसको विकास हुने बताएका थिए । यसका साथै बेर्ना उत्पादन देखि विक्रिसम्मको लागि ध्यान दिन आवस्यक रहेको बताएका थिए । आर्थिक रुपमा समृद्धि बन्न बाँसको संरक्षणमा सबैले ध्यान दिन आवस्यक रहेको उनिहरुले बताएका थिए ।

अहिले जिल्लामा चिल्लो बासँ, खस्रे बास,धनुवास,निगालो बास,बेद बास प्रजातीका बासहरु पाईने गर्दछ । कार्यक्रममा सामुदायिक वन महासघंका अध्यक्ष भारती पाठक,पारीवारीक निजी बनका अध्यक्ष जोगराज गिरी,हस्तकला संघ दाङका अध्यक्ष अशोक थारु,खगेश्वर भण्डारी,संगित बस्याल लगायतले बोल्नुभएको थियो । कार्यक्रमको सहजिकरण जिल्ला सचिव सुरेश रावतले गर्नुभएको हो ।

प्रकाशित मिति : २०७७ चैत्र २८ गते शनिवार
प्रतिक्रिया