तुलसीपुरमा मोटरसाईकलले ठक्कर दिदा पैदल यात्री घाइते

तुलसीपुर, २७ चैत ।तुलसीपुरमा मोटरसाईकलले ठक्कर दिदा पैदल यात्री घाइते भएको प्रहरीले बताएको छ । घाइते हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ ग्वारखोला बस्ने वर्ष ६० का बुद्धिराम वि.क रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

शुक्रबार बिहान ८ बजेको समयमा विजौरीबाट तुलसीपुरतर्फ आउदै गरेको रा ४ प २०७५ नम्बरको मोटरसाइकलले ग्वारखोला स्थित पैदल यात्रीलाई ठक्कर दिएको हो । घाईतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागी कोहलपुर रिफर गरिएको प्रहरीले बताएको छ । ठक्कर दिने मोटरसाईकल प्रहरीको नियन्त्रणमा रहेको छ ।

प्रकाशित मिति : २०७७ चैत्र २७ गते शुक्रवार
प्रतिक्रिया