ट्याक्टरमा मोटरसाइकल ठोकिदा चालक घाइते

तुलसीपुर, २६ चैत । तुलसीपुरमा ट्याक्टरमा मोटरसाइकल ठोकिदा मोटरसाइकल चालक घाइते भएको प्रहरीले बताएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ स्थित तुलसीपुरबाट ऐर्रपोट तर्फ जादै गरेको रा १ त ३९२१ नम्बरको ट्याक्टरमा सोहि दिशातर्फ जादै गरेको लु ३३ प ६७९७ नम्बरको मोटरसाइकल बिहिबार बिहान १० बजे ठोकिन जादा मोटरसाइकल चालक तुलसीपुर उपमहानगरपालिका वडा ५ बसपार्क बस्ने वर्ष २१ का कृष्ण वली घाइते भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भईरहेको छ । ट्याक्टर र मोटरसाईकललाई ईलाका प्रहरी कार्यालय तुलसीपुरले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७७ चैत्र २६ गते बिहिवार
प्रतिक्रिया