
काठमाण्डौ, २६ चैत ।सुनको भाउ आज एक हजार रुपैयाँले बढेको छ ।आज सुनको भाउ तोलामा ८९ हजार रुपैयाँ कायम गरिएको छ । सुनको भाउ हिजो पनि तोलामा ५ सय रुपैयाँले बढेर ८८ हजार रुपैयाँ पुगेको थियो ।
हिजो बढेको भाउमा आज फेरि एक हजार रुपैयाँले बढेको हो । यस्तै, आज चाँदीको भाउ पनि बढेको छ ।हिजो तोलामा १२ सय ४५ रुपैयाँ कायम भएको चाँदीको भाउ आज १२ सय ६० रुपैयाँमा पुगेको छ ।
प्रकाशित मिति : २०७७ चैत्र २६ गते बिहिवार