दाङमा मतगणना सुरु

तुलसीपुर, २६ चैत । दाङमा मतगणना सुरु भएको छ । नेपाल पत्रकार महासंघ दाङको विहिवार बिहान साढे ९ बजेदेखी मतगणना सुरु भएको निर्वाचन समितिले जनाएको छ । केन्द्रिय,प्रदेश र जिल्लाको नेतृत्व चयनका लागी बुधवार मतदान भएको थियो ।जिल्लामा २७६ मतदाता रहेकोमा २६३ मत खसेको छ । अन्य जिल्लामा मतदान सकिएलगतै मतगणना सुरु गरेपनि दाङमा भने विहिवार विहानबाट मतगणना सुरु भएको निर्वाचन समितिले जनाएको छ ।

जिल्लाको मतगणना सुरु गरिएको अहिले सम्म ४० मत गन्दा अध्यक्ष पदका उमेदवार दुर्गालाल केसीले २९ मत ल्याउनुभएको छ भने लक्ष्मी आचार्यले ११ मत ल्याउनुभएको छ । दाङमा जिल्लाको मतगणना सकेपछि मात्रै प्रदेश र केन्द्रको मतगणना हुनेछ ।दाङमा नेतृत्वका लागी दुई प्यानल चुनावी मैदानमा छन् । दुर्गालाल केसीको नेतृत्वमा रहेको सयुक्त प्यानल र लक्ष्मी आचार्य नेतृत्वको प्यानल चुनावमा होमिएको हो । प्रेस चौतारीको तर्फबाट अध्यक्ष पदका उमेदवार केसी र प्रेस संगठनको तर्फबाट अध्यक्ष पदका उमेदवार आचार्यको प्यानलमा कडा प्रतिप्रष्र्धा हुने आकलन गरिएको छ ।

प्रकाशित मिति : २०७७ चैत्र २६ गते बिहिवार
प्रतिक्रिया