तुलसीपुरमा एकैदिन २४ हजारले हात्तीपाईले विरुद्धको औषधी सेवन गरे

तुलसीपुर, २६ चैत । तुलसीपुरमा एकैदिन २४ हजारले हात्तीपाईले रोग विरुद्धको औषधी सेवन गरेका छन् । जिल्लालाई हात्तिपाईले रोग निवारण गर्नका लागी यस पटक ११ औँ चरणको हात्तीपाईले रोग विरुद्धको औषधी सेवन अभियान बुधवारबाट सुरु भएको छ । तुलसीपुरमा नगरप्रमुख घनश्याम पाण्डेले औषधी सेवन गरी अभियानको सुभारम्भ गर्नु भएको जनस्वास्थ्य निरीक्षक बिमल केसीले जानकारी दिनु भएको छ ।

डाई ईथाईल कार्वामाजिन ३ ट्याब्लेट र अलवेन्डाजोल एक चक्की सेवन नगरप्रमुख पाण्डेले सुरुवात गर्नुभएको हो । साथै उहाले आम नगरवासीलाई हात्तिपाईले रोग विरुद्धको औषधि सेवन गर्न आग्रह गर्नु भएको हो ।सवैले निर्धक्क भएर औषधी सेवन गरी तुलसीपुरलाई हात्तीपाईले रोग निवारण गर्ने अभियानमा लाग्न उहाले आम नगरवासीमा आग्रह गर्नु भएको हो ।

प्रकाशित मिति : २०७७ चैत्र २६ गते बिहिवार
प्रतिक्रिया