दाङमा मतगणना आज विहान देखी सुरु हुने

दाङ, २६ चैत । नेपाल पत्रकार महासंघ दाङमा आज(विहिवार) विहान देखी मतगणना सुरु हुने भएको छ । केन्द्रिय,प्रदेश र जिल्लाको नेतृत्व चयनका लागी बुधवार मतदान सम्पन्न भएको छ ।बुधवार विहान नौ बजेदेखी सुरु भएको मतदान बेलुकी पाँच बजे सम्पन्न भएको हो ।

जिल्लामा २७६ मतदाता रहेकोमा २६३ मत खसेको छ ।मतगणना आज विहान आठ बजेदेखी सुरु गरिने निर्वाचन समितिले जनाएको छ ।नेतृत्वका लागी दुई प्यानल चुनावी मैदानमा छन् । दुर्गालाल केसीको नेतृत्वमा रहेको सयुक्त प्यानल र लक्ष्मी आचार्य नेतृत्वको प्यानल चुनावमा होमिएको हो । केसी प्रेस चौतारीको हुनुहुन्छ भने आचार्य प्रेस संगठनका हुनुहुन्छ ।

प्रकाशित मिति : २०७७ चैत्र २६ गते बिहिवार
प्रतिक्रिया