नेपाल पत्रकार महासंघ सल्यानमा नविन पौडेल विजयी

दाङ, २६ चैत । नेपाल पत्रकार महासंघ सल्यानको अध्यक्षमा नविन पौडेल निर्वाचिन हुनु भएको छ । बुधवार भएको मतदानमा ८७ मत खसेको थियो । उहाले ४४ मत प्राप्त गरी वियजी हुनु भएको हो । उहाको प्रतिद्धन्द्धी मिना बुढाथोकीले ४३ मत प्राप्त गर्नु भएको थियो । पौडेलले प्रेस युनियन र केपी समुह निकट प्रेस चौतारीको सर्थमन रहेको थियो भने बुढाथोकीलाई माधव पक्षको प्रेस चौतारी र माओवादी केन्द्रको समर्थन रहेको थियो ।

यस्तैगरी उपाध्यक्षमा शंकर केसी, महिला उपाध्यक्षमा सरिता चलाउने, सचिवमा टिकाराम भण्डारी, सहसचिवमा आसिस केसी र समावेशी सहसचिवमा बुद्धिमान पुन निर्वाचित हुनु भएको निर्वाचन समितिले जनाएको छ ।कोषाध्यक्षमा शिवलाल डाँगी, दलित सदस्यमा खेमराज स्वर्णकार, खुला सदस्यहरुमा अमृत बुढाथोकी, भरत देवकोटा, संजिव श्रवण देवकोटा, पदम गिरी, महेश कुमार वली निर्वाचित हुनु भएको छ ।

यस्तैगरी केन्द्रिय परिषद सदस्यमा डिल्लीराज रावत, योगराज विक र प्रदेश परिषद सदस्यमा प्रकाश भण्डारी, धिरज रावत, धमेन्द्र वली, ईश्वरी प्रकास केसी, झनक बहादुर केसी, टिका केसी निर्वाचित हुनु भएको छ ।

प्रकाशित मिति : २०७७ चैत्र २६ गते बिहिवार
प्रतिक्रिया