तुलसीपुरमा एकै दिन सात जनालाई कोरोना देखीयो

तुलसीपुर, २४ चैत । तुलसीपुरमा एकै दिन सात जनालाई कोरोना संक्रमण देखीएको छ । तुलसीपुर उपमहानगरपालिका कोरोना फोकल पर्सन बिमल केसीका अनुसार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही र कोहलपुर मेडिकल कलेजमा गरिएको कोरोना परिक्षणमा तुलसीपुरका सातमा जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

उहाले दिएको जानकारी अनुसार तुलसीपुर २ का दुई जना पुरुष, वडा नम्वर ५ का एक जना महिला , तुलसीपुर ७ का एक महिला र एक पुरुष, वडा नम्वर ९ र वडा नम्पर १७ का नागरिकलाई कोरोना देखीएको हो ।संक्रमित मध्ये चार जना होम आईसोलेसनमा , एक जना नेपालगन्ज कोरोना हस्पिटलमा र दुई जना कोरोना विशेष अस्पताल बेलझुण्डिमा राखीएको उहाले जानकारी दिनु भएको छ ।यो संगै तुलसीपुरमा संक्रिय संक्रमितको संख्या ९ पुगेको छ भने हाल सम्म कोरोना संक्रमित हुनेको संख्या ८२९ पुगेको छ । अहिले सम्म तुलसीपुरका २२ जना कोरोना संक्रमितको निधन भएको छ ।

प्रकाशित मिति : २०७७ चैत्र २४ गते मङ्गलवार
प्रतिक्रिया