कुखुरा बोकेको जिप दुर्घटना , चालक सहित दुई जनाको मृत्यु

दाङ, २४ चैत । कुखुरा बोकेको जिप पाल्पामा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको तानसेन नगरपालिका काजिपौवामा भएको जीप दुर्घटनामा चालक बगनाँसकाली गाउँपालिका ४ का २० वर्षका विजय खाम्चा मगर र रिब्दीकोट ४ का २७ वर्षका राज थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ ।काजिपौवाबाट कुखुरा राखेर तानसेन जाँदै गरेको २ च ६३२ नम्बरको जीप गएराति दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७७ चैत्र २४ गते मङ्गलवार
प्रतिक्रिया