तुलसीपुरमा मोटरसाइकल पल्टिदा एकजना गम्भिर घाइते

तुलसीपुर, २४ चैत ।तुलसीपुरमा मोटरसाइकल अनियन्त्रीत भई पल्टिदा एक जना गम्भीर घाइते भएको प्रहरीले बताएको छ । मगंलबार बिहान साढे ६ बजेको समयमा तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ टरिगाउँ पुकार पसल नजिकै रहेको गुवारखोला पुल स्थित रा ५ प १०२५ नं। को मोटरसाइकल अनियन्त्रीत भैइ पल्टिदा एक जना गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले बताएको छ ।

घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भैरहेको छ । घाइतेको नाम ठेगाना खुल्न नसकेको प्रहरीले बताएको छ । घाइते अचेत अवस्थामा भएकाले राप्ती प्रादेशिक अस्पताल तुुलसीपुरमा सामान्य उपचार पछि थप उपचारको लागि रिफर गरिए पनि आफन्तीहरु सम्पर्कमा नआउदा झनै समस्या भएको अस्पताल स्रोतले बताएको छ ।

प्रकाशित मिति : २०७७ चैत्र २४ गते मङ्गलवार
प्रतिक्रिया