फास्ट ट्र्याकको ठेक्का रद्द गर्ने निर्देशनप्रति प्रधानमन्त्री असन्तुष्ट

फाईल फोटो

काठमाडौं, २१ चैत । काठमाडौं-तराई फास्ट ट्र्याकको ठेक्का रद्द गर्न सार्वजनिक लेखा समितिले दिएको निर्देशनप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले असन्तुष्टि जनाउनुभएको छ । शनिबार निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रमको शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले संसदीय समिति हुँ भनेर काम रोक्ने आदेश दिइरहन नहुने बताउनुभएको छ । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले शुक्रबार द्रूत मार्गको टनेल तथा पुल निर्माणको दोस्रो प्याकेजको ठेक्का प्रक्रिया रद्द गर्न निर्देशन दिएको थियो ।

लेखा समितिको नाम नलिई प्रधानमन्त्री ओलीले भने केही खर्बको आयोजना (ठेक्का) रोकेर फेरि गर्दा त्यसले पार्न असर र परिणाम हेनुपर्ने बताउनुभएको छ।  संसदीय समितिले आफूखुसी बोलाउने र अन्धाधुन्ध आदेशहरु दिने गरेको उहाँको आरोप छ ।

प्रकाशित मिति : २०७७ चैत्र २१ गते शनिवार
प्रतिक्रिया