दाङ बस दुर्घटना : मृत्यु हुने दाङ र रुपन्देहीका

तुलसीपुर, २० चैत्र । दाङमा भएको बस दुर्घटनामा मृत्यु हु्ने दाङ र रुपन्देहीका भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । मृत्यु हुनेमा लमही नगरपालिका–९ निबासी २९ बर्षका अतिराम चौधरी र रुपन्देहीको सैनामैना नगरपालिका–१ बस्ने २८ बर्षका यादव खनाल रहेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी तथा डिएसपी मुकुन्द रिजालले जानकारी दिनुभयो । त्यसैगरी घाइते भएका ३० जना मध्य २२ जनाको अवस्था समान्य, ६ जना मध्यम र २ जनाको अवस्था गम्भिर रहेको डिएसपी रिजालले बताउनुभयो ।

गम्भिर घाइते हुनेमा लमही नगरपालिका–९ निबासी ३२ बर्षका कमल चौधरी, सोही नगरपालिकाको – ४ निबासी १८ बर्षकी अन्जु चौधरी रहेको प्रहरीले बताएको छ । त्यसैगरी अन्य घाइतेमा लमही नगरपालिका–१ निबासी १७ बर्षकी लिलावती चौधरी, ६३ बर्षका यमराज नेपाली, निर्मला नेपाली, राजपुर गाउँपालिका–१ निबासी २७ बर्षकी सावित्रा वली, ४० बर्षकी फुलमाया घर्ती र रोल्पाको परिवर्तन गाउँपालिका–१ निबासी ४५ बर्षकी लालमाया घर्ती रहेको प्रहरीले जनाएको छ । घोराहीबाट लमहीका लागि छुटेको लु १ ख ९८६३ नम्बरको यात्रुवाहक बस आज बेलुकीपख पल्टिदा दुर्घटना भएको हो ।

प्रकाशित मिति : २०७७ चैत्र २० गते शुक्रवार
प्रतिक्रिया