दाङमा बस पल्टिदा २ जनाको मृत्यु, १८ जना घाइते

देउखुरी, २० चैत / दाङमा बस पल्टिदा २ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् । मृतकको पहिचान नखुलेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी मुकुन्द रिजालले जानकारी दिनुभयो । बस
दाङको घोराहीबाट लमहीका लागि छुटेको लु १ ख ५८६३ नम्बरको यात्रु बस लमही घोराही सडक खण्डको मुसोट नजिकै अपरान्ह करिब साढे पाँच बजे दुर्घटना भएको प्रहरीले बताएको छ ।

घाइतेहरुको उद्धार गर्ने र अस्पताल पु¥याउने काम भइरहेको डिएसपी रिजालले बताउनुभयो । घटनाको थप बिवरण आउन बाकी छ । दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७७ चैत्र २० गते शुक्रवार
प्रतिक्रिया