मतदाता नामावली संकलन जारी,दाङमा ८ हजारले मताधिकार सुरक्षित गरे

तुलसीपुर,१४ साउन । फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराउने कार्यक्रम जारी छ । जिल्लाका बभिन्न स्थानका नागरीकहरु दाङको जिल्ला निर्बाचनको कार्यालयमा पुगि नामावलीमा नाम दर्ता गराई रहेका छन् । आज शनिवार पनि नामावली संकलन कार्य जारी रहेको कार्यालयले बताएको छ ।

कार्यालयका अनुसार हिजो १३ गते सम्ममा ८ हजार १ सय ४ जनाले नाम दर्ता गराएको निर्वाचन अधिकारी बिजयकुमार कार्कीले जानकारी दिनुभयो । जसमा पुरुषको तुलनामा महिलाहरु धेरै रहका छन । चार हजार २ सय ६८ महिला तथा ३ हजा ८ सय ३६ पुरुषले फोटोसहितको नामावलीमा नाम दर्ता गराएका हुन ।

यही साउन १ गते सुरु भएको नामावली दर्ता कार्यक्रम सुरु भएको होे । १५ गतेसम्म जिल्ला निर्वाचनको कार्यालयबाट तथा साउन १६ गतेबाट ३२ गतेसम्म जिल्लाका सवै स्थानिय तहबाट नामावली संकलन गर्ने कार्यक्रम रहेको निर्वाचन अधिकारी कार्कीले बताउनुभएको छ ।।

प्रकाशित मिति : २०७४ साउन १४ गते शनिवार
प्रतिक्रिया