भोटे मेलामा आज लोक दोहारी गायक पशुपति शर्मा र कृष्ण रेउले आउदै

तुलसीपुर, १ चैत ।तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ कालाखोलामा सन्चालित ऐतिहासीक भोटेमेला जारी रहेको छ । आज (आईतबार) गायक पशुपति शर्मा, कृष्ण रेउले लगायत स्थानीय कलाकारहरुको समेत प्रस्तुती रहने मेलाका सास्कृतिक सयोंजक दिपक कुमालले जानकारी दिनुभएको छ ।

मेलाको आकर्षणका लागि मौतकी कुवा, पिङ, बाल उद्यान लगायत अन्य मनोरञ्जनका सामग्रीहरु समेत राखिएको छ । मेलामा एक सय २० वटा व्यबसायीक तथा कृषि स्टलहरु राखिएको छ ।तुलसीपुर एक्सप्रेस प्रालिको आयोजना, रानीघाट युवा क्लबको सह–आयोजना तथा तुलसीपुर उपमहानगरपालिका वडा न। ७ को संरक्षणमा यही फागुन २६ गतेदेखि सुरु भएको छ ।

प्रकाशित मिति : २०७७ चैत्र १ गते आइतवार
प्रतिक्रिया