दाङमा बस र माेटरसाईकल ठाेक्किदा थापाकाे मृत्यु , एकजना गम्भीर घाइते

 देउखुरी, २३ फागुन । बस र माेटरसाइकल एक आपसमा ठाेक्दिदा दाङमा एकजना युवककाे मृत्यु भएको छ भने अर्का एकजना युवक गम्भीर घाइते भएका छन् ।

आइतवार राति दश बजे पश्चिमबाट पुर्वतर्फ जादै गरेकाे ना ४ ख ९०१६ नम्बरको बसले अनटेष्ट बुलेट माेटरसाईकल एक आपसमा ठाेक्किदा  माेटरसाईकलमा सवार लमही नगरपालिका वडा नम्बर ८ उचानिम्बु निवासी २३ वर्षिय प्रकाश थापाकाे मृत्यु भएको छ भने ३० वर्षिय तिलक थापा गम्भीर घाइते भएकाे वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।

घाइतेको मुख, हात र खुट्टामा गम्भीर चाेट लागेको छ । घाइतेलाई लमही अस्पतालमा प्रारम्भिक उपचार पछि थप उपचारको लागि नेपालगन्ज रिफर गरिएको छ । मृतकको शव पाेष्टमार्टमकाे लागि लमही अस्पतालमा राखिएको छ ।।

प्रकाशित मिति : २०७७ फाल्गुन २३ गते आइतवार
प्रतिक्रिया