समाजको वरिष्ठ केन्द्रीय उपसभापतिमा दाङका बस्नेत

पोखरा , २२ फाल्गुन/ मानव अधिकार तथा शान्ति समाजको वरिष्ठ उपसभापतिमा दाङका सुशील बस्नेत निर्विराेध निर्वाचित हुनु भएकाे  छ । कास्कीको पोखरामा जारी रहेको राष्ट्रिय परिषद् बैठकबाट बस्नेत निर्विराेध निर्वाचित हुनु भएकाे हाे । २०५३ सालमा वरिष्ठ मानव अधिकारकर्मी कृष्ण पहाडीको नेतृत्वमा शान्ति समाज स्थापना भएको थियो ।

 वरिष्ठ कन्द्रिय उपसभापति बस्नेत २ दशक देखि शान्ति निर्माण, लोकतन्त्र, अहिसा र मानव अधिकारको संरक्षण र प्रवर्द्धनमा सकृय हुनुहुन्छ । बस्नेत लामो समय देखि पत्रकारिता क्षेत्रमा पनि त्यतिकै सकृय हुनुहुन्छ । शान्ति समाज दाङको जिल्ला सदस्य , सह सचिव ,३ कार्यकाल सचिव , जिल्ला सभापति , केन्द्रीय सदस्य , केन्द्रिय सचिव , केन्द्रिय महासचिव हुदै वस्नेत  वरिष्ठ उपसभापतिको जिम्मेवारीमा बस्नेत निर्विराेध निर्वाचित हुनसफल हुनुभएकाे हाे ।

 निर्विराेध निर्वाचित पिछ प्रतिकृया दिदै  बस्नेतले शान्ति संस्कृतिको विकास , मानव अधिकारको सुनिश्चितता, लोकतन्त्रको संरक्षण र सुशासन प्रबर्द्धनमा अझै सशक्त  भएर अगाडि बढ्ने   बताउनुभयाे ।

प्रकाशित मिति : २०७७ फाल्गुन २२ गते शनिवार
प्रतिक्रिया