मेलम्चीको पानी आज सुन्दरीजलमा झारिदै

काठमाण्डौ, २२ फागुन । बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको पानी आज( शनिवार)काठमाडौँको सुन्दरीजलमा झर्दैछ । गत फागुन १० गते दोस्रो पटक मेलम्चीको पानी परीक्षणका लागि छाडिएकोमा दिउँसो सुन्दरीजलमा झर्ने आयोजनाका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले जानकारी दिनुभयो ।

मेलम्चीको पानी सुन्दरीजल झर्ने निश्चित भएपछि साँझ ५ बजे प्रधानमन्त्री केपी शर्मा ओली अवलोकन गर्ने कार्यक्रम तय भएको उहाँको भनाइ छ । आयोजनाका अनुसार आज सुन्दरीजल झर्ने पानी रातभर बागमती नदीमा बगाइनेछ । पानीको सतह बढ्न सक्ने भन्दै आयोजनाले बागमती नदी आसपासका बासिन्दालाई यसअघि नै सचेत गराइसकेको छ । गएको असारमा पहिलो पटक असफल भएपछि गत फागुन १० गते दोस्रो पटक पानी पथान्तरण थालिएको थियो ।

प्रकाशित मिति : २०७७ फाल्गुन २२ गते शनिवार
प्रतिक्रिया