शहिद परिवारलाई सम्मान तथा अभिनन्दन

तुलसीपुर, २१ फागुन । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओबादी) दाङ देउखुरी जिल्ला समितिको आयोजनामा महान जनयुद्धका शहिद परिवारलाई सम्मान तथा अभिनन्दन कार्यक्रम गरिएको छ। पार्टी सचिबालय सदस्य तिलक बिश्वकर्माको अध्यक्षतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा जिल्ला ईञ्चार्ज समीर के.सीले देशको राजनीतिक परिवर्तनका लागि गरिने आन्दोलन जनयुद्ध लगायतका सङ्घर्षका कार्यक्रममा राज्यद्वारा गरिने दमनका बिरुद्धमा प्रतिरोध गर्दा जनयुद्धको विकास भएको बताउनु भएको छ । कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका केसीले जनयुद्ध अहिले आउदासम्म धनयुद्दमा परिणत भएको आरोप अगाउनु भयो ।

जनयुद्धका मुख्य नेतृत्व बिचलित भएकै कारण जनता र शहिदको सपना अधुरै रहेको भन्दै उहाले यसको लागी आफनो पाटी सधै संघर्ष गर्न तयार रहेको बताउनु भयो । शहिद ईन्द्रलाल चौधरीका बुवा सुन्दरलाल चौधरीले जनयुद्धमा आफना सन्तानले दिएको बलिदान अहिले खेर गएको बताउदै शहिदका सपना पूरा गर्न क्रान्तिकारी माओवादी अघि बढ्नु धारणा राख्नु भयो ।

सोहि अवसरमा पुर्ब जिल्ला सचिब रामजि थारुले शहिद प्रति उच्च सम्मान गर्दै सम्पुर्ण स्वाभिमानी नेपाली फेरि एकजुट भई शहिदका सपना साकार पार्न अगाडि बढनुपर्ने बताउनु भयो ।कार्यक्रमको सहजीकरण पदम प्रसाद अधिकारी र शुसिला आचार्यले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०७७ फाल्गुन २१ गते शुक्रवार
प्रतिक्रिया