दाङमा मोटरसाईकल पल्टिदा दुई जना घाइते, एकको अवस्था गम्भिर

फाइल फाेटाे

तुलसीपुर, २१ फागुन । दाङमा मोटरसाईकल अनियन्त्रीत भएर पल्टिदा दुई जना घाइते भएका छन् । घाइते मध्य एक जनाको अवस्था गम्भिर रहेको छ । तुलसीपुर उपमहागनरपालिका–१८ को बाँसडबराबाट तुलसीपुर जाँदै गरेको रा२प १२५७ नम्बरको स्कुटी अनियन्त्रीत भएर खोलीगाउँमा पल्टिदा चालक बाँसडबरा निबासी ३७ बर्षका अक्टुरिया चौधरी गम्भिर घाइते भएको ईलाका प्रहरी कार्यालय तुलसपिुरले जानकारी दिएको छ ।

गम्भिर घाइते चौधरीको राप्ती प्रादेशिक अस्पतालमा उपचार पछि थप उपचारका लागि कोहोलपुर रिफर गरिएको छ । त्यसैगरी पश्चिम दाङको दंगीशरण गाउँपालिका–७ श्रीगाउमा रा२प ९७६० नम्बरको मोटरसाईकल अनियन्त्रीत भएर पल्टिदा एक जना घाइते भएका छन् ।

घाइते हुनेमा कञ्चनपुर जिल्लाको बैलौरी नगरपालिका–७ मगतपुर निबासी ४० बर्षका भक्तीसार आचार्य घाइते भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक झलक प्रसाद शर्माले जानकारी दिनुभयो । घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २०७७ फाल्गुन २१ गते शुक्रवार
प्रतिक्रिया