दाङको हात्तीढुङ्गालाई विश्वमा चिनाउन शिव महोत्सव

तुलसीपुर, २१ फागुन / दाङमा पछिल्लो समय चर्चामा रहेको हात्ती ढुङ्गाको प्रचार प्रसारका लागि किवानिज कल्व अफ राप्तीले शिव महोत्सवको आयोजना गर्ने भएको छ । हात्तीढुङ्गा भएको स्थल तुलसीपुर उपमहागनरपालिका–१४ ड्वाङपुरमा महोत्सवको आयोजना गरिने कल्वका अध्यक्ष बिमल पोख्रेल(जेठु) ले जानकारी दिनुभयो ।

कल्वले तुलसीपुरमा पत्रकार सम्मेलनको अयोजना गरेर यस्तो जानकारी दिएको हो । ऐतिहासीक धरोहरका रुपमा रहेको हात्ती ढुङ्गाको उत्पति, यसको धार्मिक महत्व विश्वभर फैलाउनुका साथै यसको संरक्षण र सम्वद्र्धनका लागि वृहत धार्मिक शिव महोत्सवको आयोजना गरिएको कल्वका संरक्षक जागेश्वर वलीले जानकारी दिनुभयो ।

यसै बिच महोत्सवको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । महोत्सव हात्तिढुङ्गा सरंक्षण समिति, तुलसीपुर उपमहानगरपालिका र तुलसीपुर उपमहानगरपालिका–१४ नम्बर वडाको समन्वयमा हुन लागेको हो । महोत्सव स्थलसम्म पुग्नका लागि सडक, विजुली, खानेपानी र पार्कीङको व्यवस्था तथा व्यवस्थापन समिति समेत गठन गरेर प्रचार प्रसारलाई तिब्रता दिइएको बताइएको छ । पत्रकार सम्मेलनको सहजीकरण प्रेस संयोजक राकेश बस्नेतले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०७७ फाल्गुन २१ गते शुक्रवार
प्रतिक्रिया