दाङ, २१ फागुन । सरकारले कोरोना भाईरस विरुद्धको खोप लगाउने बारे केहि निर्णय फेरबदल गरेको छ । यस अघि ५५ वर्ष भन्दा माथीका जेष्ठ नागरिक , शिक्षक, कर्मचारी तथा अघिल्नो खोप अभियानमा खोप लगाउन छुटेका लक्षित समुहलाई खोप दिने भनिएको थियो ।
तर विहिवार स्वास्थ्य मन्त्री, मन्त्रालयका सचिव, प्रमुख विशेषज्ञ लगाएतको विज्ञ टोलीहरुको सहभागितामा बसेको बैठकले यस पटक ६५ वर्ष माथीका सवै जेष्ठ नागरिकलाई मात्रै खोप लगाउने निर्णय गरेको छ ।
हिमाली जिल्ला तथा भेगको हकमा भने ५५ वर्ष माथीका सवै जेष्ठ नागरिकलाई खोप लगाउने निर्णय भएको छ । दोस्रो प्राथमिकतामा परेका ५५ वर्ष माथीका जेष्ठ नागरिकलाई खोप उपलब्धताको आधारमा लगाईनेछ ।
प्रकाशित मिति : २०७७ फाल्गुन २१ गते शुक्रवार