तुलसीपुरमा करेन्ट लागेर चौधरी घाइते

तुलसीपुर, २० फागुन / तुलसीपुरमा केरेन्ट लागेर एक जना घाइते भएका छन् । घाइते हुनेमा तुलसीपुर उपमहानगरपालिका ८ दुधेना निबासी ३७ बर्षका टेक बहादुर चौधरी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक झलक प्रसाद शर्माले जानकारी दिनुभयो ।

सोही ठाउँ निबासी तुलसा भट्टाईको घरमा पेन्ट गर्ने क्रममा बेलुकी पाँच बजे विद्युत लाईनको नाङ्गो तारमा छुदाँ करेन्ट लागेको प्रहरीले बताएको छ । चौधरीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २०७७ फाल्गुन २० गते बिहिवार
प्रतिक्रिया