देउखुरी उद्योग बाणिज्य संघको निर्वाचन फागुन २५ गते हुने

दाङ, २० फागुन ।दाङको देउखुरी उद्योग बाणिज्य संघको निर्वाचन फागुन २५ गते हुने भएको छ । विहीवार उद्योग बाणिज्य संघमा आयोजना गरीएको पत्रकार सम्मेलनमा निर्वाचन कार्यक्रम सार्वजनिक गरिएको हो । जस अनुसार निर्वाचन कार्यक्रम फागुन २१ गतेबाट शुरु हुने भएको छ । फागुन २१ गते एक बजे मतदाता नामावली प्रकासन, सोही दिन दिउँसो १ बजे देखि ४ बजे सम्म मतदाता नामावलीमा दाबी विरोध,२०७७ फागुन २१ गते साँझ ५ बजे अन्तिम नामावली प्रकास गर्ने कार्यक्रम छ ।

यसैगरी फागुन २२ गते विहान ९ बजेदेखि १ बजेसम्म उम्मेदवारी मनोनयन दर्ता, फागुन २२ गते ३ बजे उम्मेदवारको नामावली प्रकासन,सोही दिन दिउशो ३ देखी ५ बजे सम्म उम्मेदवार माथि दावी विरोध, फागुन २३ गते विहान ११ बजे सम्म मनोनयन फिर्ताको समय दिइएको छ । यस्तै गरेर फागुन २३ गते विहान १२ बजे सम्म उम्मेदवारको अन्त्मि नामावली प्रकासन, सोही दिन दिउँसो १ बजे सम्म नमूना पतपत्र प्रदान सोही दिन १ बजे देखी फागुन २४ गते सम्म प्रचारप्रसार र २५ गते विहान ८ बजेदेखि साँझ ४ बजेसम्म मतदान कार्यक्रम रहेको छ ।

पत्रकार सम्मेलनमा निर्वाचन समितिका संयोजक लिलारम खनालले निर्वाचनलाई निष्पक्ष र स्वतन्त्र रुपमा सम्पन्न गर्ने बताउनु भएको थियो । खनालका अनुसार जम्मा मतदाता एक हजार १६ जना मतदाता छन् । उद्योग बाणिज्य संघ प्रति ब्यापारीहरुको चाासो कम देखिन थालेको छ । बार्षिक साधरणसभा तथा अधिबेशसनको उद्घाटन कार्यक्रममा उपस्थित संख्या ज्यादै कम भएपछि शुभकामना मनतव्वय राख्ने अतिथिहरुले ब्यपारीको सहभागिता घट्नेको कारण खोजेका थिए ।

सो कार्यक्रममा नेपाली काँग्रेसबाट प्रतिनिधित्व गर्नुभएकी गिरीजादेवी न्यौपानेले ब्यापारी अधिबेशसनमा सहभागि नहुनुको कारण खोज्नुभयो । यस्तै नेपाल कम्युनिष्ट पार्टी(नेकपा) बाट प्रतिनिधित्व गर्दै दण्डीराम चौधरीले कतै खबरे भएन की भन्दै ब्यपारीलाई सेमेटेर लैजान सुझाव दिनुभयो । कार्यक्रममा लमही नगरपालिका प्रवत्ता बिमवहादुर केसीको सुझाव पनि यस्तै थियो । कार्यक्रममा कार्य समितिका पदाधिकारी, अतिथि बाहेक ब्यापारी २५ जनाको हाराहारीमा थिए ।

अघिल्लो अधिबेशसनमा एकहजार सातसय बढी सदस्य(मतदाता) रहेका उद्योग बाणिज्य संघमा अहिले जम्मा नबीकरण र नयाँ दर्ता गरी जम्मा एक हजार १६ जना भएका जना सदस्इ बढ्नुको साटे घट्नेले पनि उद्योग बाणिज्य प्रति ब्यापारीको चासो घटेको सहजै देखाउँछ । अर्को आश्चर्य लाग्दो विषय केछ भने यस पटक निर्वाचन समितिमा बहालवाल कार्य समितिका सदस्य नै बस्नु परेको छ ।

निर्वाचनको मिति तोकपछि कार्यसमिति स्वतः निष्कृय रहने व्यवस्था भएपनि नयाँ कार्यसमिति निर्वाचित नभएर सपथ ग्रहण नभएसम्म पुरानै कार्यसमिति अस्तीत्वमा रहन्छ । यस विषयमा उद्योग बाणिज्य संघका कानुनी सल्हाकार शेषमणि गौतमले विधानले निर्वाचनमा उम्मेदवार नहुने जो सुकै सदस्य निर्वाचन समितिमा बस्न पाउन व्यवस्था रहेको बताउनुहुन्छ । कार्यसमितिमै रहेका निर्वाचनमा नबसेपनि हुने हो, तर ठ्याक्कै विधानले छेकेको पाइदैन उहाँले भन्नुभयो ।

यता निर्वाचन आयोगका संयोजक लिलाराम खनालले आफुहरु विधान अनुसार नै निर्वाचन समितिका रहेको बताउनुहुन्छ । निर्वाचन समितिका सदस्य नवाव अलीले ब्यापारीहरु चासो दिन छाडेको पनि समस्या भएको बताउनुभयो । कोही आउदैनन,कोही नआएपछि के गर्नेत ? विधानले कार्य समितिका सदस्य निर्वाचन समितिका बस्न नमिल्ने भन्ने छैन । देउखुरी उद्योग बाणिज्य संघले पूर्व अध्यक्ष लिलाराम खनाल संयोजकत्वमा कार्यसमिति सदस्य नवाव अली र कार्यसमिति सदस्य प्रकाश जिसी सदस्य रहेको निर्वाचन समिति गठन गरेको छ ।

साधरणसभामा सहभागि सदस्यको ५१ प्रतिसतले आर्थिक तथा प्रगती प्रतिवेदन पारीत गर्ने सो दिन संख्या नपुगे दोस्रो पटक ३३ प्रतिसत र सो संख्या पनि नपुगे कार्य समितिका बहुमतले आर्थिक तथा प्रगती प्रतिबेदन पारीत गर्ने संगै निर्वाचन समिति छनौट गर्ने प्रावधान छ । सोही अनुसार गर्दा कार्य समिति सदस्य आफैले आफैलाई निर्वाचन समितिमा छानेको पाइएको छ । यस विषयमा स्थानीय बुद्धिजीवी जागेश्वर शर्मा घिमिरेले उद्योग बाणिज्य संघको विधान बारे आफुलाई जानकारी नभएको बताउनुभयो । विदान हेरेको छैन, सकेसम्म कार्य समितिका सदस्य निर्वाचन समितिमा नबस्दा राम्रो हुन्थ्यो ,उहाँले भन्नुभयो ।।

प्रकाशित मिति : २०७७ फाल्गुन २० गते बिहिवार
प्रतिक्रिया