बैदेशिक रोजगार सम्बन्धी सचेतना फैलाउन जोड

तुलसीपुर, २० फागुन । बैदेशिक रोजगार सम्म सचेतना फैलाउन आबश्यक रहेको तुलसीपुरमा आयोजित एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन् ।अपाङग मानव अधिकार एवं सरोकार मन्च नेपाल दाङको आयोजनामा आज तुलसीपुरमा भएको सुरक्षित आप्रवासन परियोजना(सामी) अन्र्तगत सुरक्षित बैदेशिक रोजगार सम्बन्धी स्थानिय तहका पदाधिकारीहरुसंगको अभिमुखीकरण विषयक कार्यक्रममा सहभागीहरु बक्ताहरुले यस्तो बताएका हुन् ।

उनीहरुले बैदेशिक रोजगारीको क्रममा ठगिने, दुःख पाउने, सहमती अनुसार पारिश्रमिक नपाउने तथा जिवन जोखिममा पार्ने जस्ता समस्याहरु हुने गरेको भन्दै यस प्रति सवै सजग हुनुपर्ने बताएका छन् ।संस्थाका उपाध्यक्ष भविसरा घर्तिको अध्यक्षता एवं तुलसीपुर उपमहानगरपालिका उपप्रमुख माया शर्मा आचार्यको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

सो अवसरमा परियोजनाका कार्यक्रम संयोजक बसन्ता पुनले परियोजनाको गतिविधि तथा उद्देश्य र काम कर्तव्यको बारेमा प्रकास पार्नु भएको थियो । तुलसीपुर, घोराही, लमही र बबई गाउँपालिका गरी दाङका चार स्थानिय तह सहित देशभरका ३९ जिल्लाका १५६ पालिकामा उक्त कार्यक्रम सन्चालन भईरहेको उहाले जानकारी दिनुभयो ।

नेपाल सरकार र स्वीस सरकार विच सम्झौता भई हेल्भेटासको सहयोगमा सम्वन्धित पालिकामा बैदेशिक रोजगारीको निशुल्क सुचना तथा परामर्स, मनोसामाजिक परामर्श, वित्तीय साक्षरता, उद्धार तथा आकस्मिक सहयोग, निशुल्क तालिम,न्यायको लागी निशुल्क कानुनी परामर्श लगाएतका काम गदै आएको उहाले जानकारी दिनुभयो ।

यस्तै तुलसीपुर उपमहानगरपालिका सामी परियोजनाका फोकल पर्सन शिसिर घिमिरेले बैदेशिक रोजगार सम्वन्धी सविधानले व्यवस्था गरेका हक र अधिकार, ऐन कानुनका बारेमा प्रकास पार्नु भएको थियो । कार्यक्रममा संस्थाका वित्तिय साक्षरताकर्ता दोलख बहादुर खत्री, मनोसामाजिक परामर्शकर्ता जया पाण्डे लगाएतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०७७ फाल्गुन २० गते बिहिवार
प्रतिक्रिया