
काठमाडौँ, १९ फागुन ।नेकपा प्रचण्ड–माधव समूहको स्थायी कमिटि बैठकले संसदीय दलको नेताबाट केपी शर्मा ओलीलाई हटाउने निर्णय गरेको छ। बुधबार बिहान पेरिसडाँडामा बसेको बैठकले केपी ओलीलाई संसदीय दलको नेताबाट हटाउने निर्णय गरेको हो।
यो निर्णय अब केन्द्रीय कमिटि बेठकमा पेश हुने छ। केन्द्रीय कमिटिको बैठक पनि सुरु भएको छ। केन्द्रीय कमिटिको बैठकले ओलीलाई संसदीय दलको नेताबाट हटाउने निर्णय अनुमोदन गर्ने नेताहरुले बताएका छन्। साभार : अनलाइन खबर
प्रकाशित मिति : २०७७ फाल्गुन १९ गते बुधवार