आज ७८ जनामा कोरोना सङ्क्रमण

काठमाण्डौ, १८ फागुन । देशभर थप ७८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । ४ हजार १ सय २७ जनाको नमुना परीक्षण गर्दा ३३ महिला र ४५ जना पुरुषमा कोरोना भाइरसको सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोराना सङ्क्रमितको संख्या २ लाख ७४ हजार २९४ पुगेको छ ।

उनीहरुमध्ये हालसम्म २ हजार ७७७ जनाको मृत्यु भएको छ । मंगलवार कोही पनि सङ्क्रमितको मृत्यु भएको छैन । यस्तै थप ७२ जना निको भएसँगै हालसम्म २ लाख ७० हजार ५४३ जना सङ्क्रमणमुक्त भएका छन् । हाल देशभर सक्रिय सङ्क्रमितको संख्या ९७४ रहेको मन्त्रालयले जनाएको छ । देशभरका प्रयोगशालामा हालसम्म २१ लाख ७० हजार ११२ नमुनाको पीसीआर परीक्षण गरिएको छ ।

प्रकाशित मिति : २०७७ फाल्गुन १८ गते मङ्गलवार
प्रतिक्रिया