आफूलाई कसैले हटाउन नसक्ने प्रधानमन्त्री ओलीको दाबी 

काठमाण्डौं, १८ फागुन ।प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई कसैले हटाउन नसक्ने दाबी गर्नुभएको छ । आज झापामा पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यदि कसैले हटाएको खण्डमा अर्को चुनाबमा दुइ तिहाइ बहुमत ल्याउने दाबी गर्नुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, अहिले पनि कसैले हटाउन सक्छ भने हटाओस्, डेढ दुई वर्षपछि चुनाव आउँछ । दुई तिहाइका साथ सिंहदरबारमा फर्किन्छु । तर अहिले पनि आफूलाई हटाउन सजिलो नभएको प्रधानमन्त्री ओलीको भनाइ छ । फागुन २३ गते संसद बैठक बोलाएको बताउँदै प्रधानमन्त्री ओलीले अधिवेशन राम्रोसंग चलाउने बताउनुभयो ।

प्रकाशित मिति : २०७७ फाल्गुन १८ गते मङ्गलवार
प्रतिक्रिया