संचारमाध्यमलाई अनुदानको व्यवस्था गर्ने तयारी गरेका छौ : नगर प्रमुख पाण्डे

तुलसीपुर, ६ साउन

तुलसीपुर उप महानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेले संचार माध्यमको संस्थागत विकासकालागि नीति गत निर्णय गरेर अघि बढ्ने बताउनु भएको छ ।  रेडियो प्रकृति एफएम तुलसीपुरले आयोजना गरेको नगर प्रमुख र उप प्रमुखलाई स्वागत तथा सम्मान कार्यक्रममा नगर प्रमुख पाण्डेले यस्तो धारना व्यक्त गर्नु भएको हो ।
प्रकृयामा लगेर अनुदानको व्यवस्था गर्ने तयारी गरिरहेको बताउदै नगर प्रमुख पाण्डेले संचार गृहलेपनि आफुलाई परिस्कृत गरेर समाजको विश्वास जित्नुपर्नेमा जोड दिनुभयो ।
संचारमाध्यमले विगतमा खेलेको भूमिकाको चर्चा गर्दैैै नगर प्रमुख पाण्डेले निश्पक्ष र विश्वस्निय संचार माध्यमले मात्रै जनताको मन जित्न सक्नेभएकाले त्यस तर्फ ध्यान पुरयाउन आग्रह गरे । संचार माध्यमको भिडमा मात्रै उभ्याउनेकी विशिष्ठता माथी श्रवश्रेष्ठता हाँसील गर्ने भन्ने कुरा काम गराईमा भर पर्ने बताउनुभयो ।
रेडियो संचालक समितिका अध्यक्ष खगेन्द्र प्रसाद पोख्रेलको अध्यक्षतामा भएकोको कार्यक्रमा नगर उप प्रमुख माया आचार्य, रेडियो संचालक समितिका सल्लाहाकार बलदेश शर्मा आचार्य, सचिव रामप्रसाद चालीसे, कोषाध्यक्ष नारायण खनाल, सदस्य शेवकराम भण्डारी, विष्णु भुसाल लगाएतले एकीकृत संचारको विकासका लागि पहल गर्न आग्रह गरेका थिए । कार्यक्रमको संचालन स्टेशन म्यानेजर ओपेन्द्र बस्नेतले गर्नु भएको थियो ।

प्रकाशित मिति : २०७४ साउन ६ गते शुक्रवार
प्रतिक्रिया