विद्धत समाज दाङ बिस्तार

दाङ,१५ फागुण / राधा माधव समिति नेपाल,दाङको विद्धत समाज बिस्तार गरिएको छ । समाजका संयोजक पदमप्रसाद बैदिकको अध्यक्षतामा आज शनिबार बसेको बैठकले११ सदस्यीय समाजको सदस्य बिस्तार गरि १९ सदस्यीय बनाईएको समाजका सदस्य दिनेशकुमार डाँगीले जानकारी दिनुभयो ।

बैठकले समाजलाई पुर्नगठन गर्दै पदम प्रसाद बैदिक संयोजक र सह–संयोजकमा निर्मल नेपालीलाई चयन गरेको छ । सुशील बस्नेत, दिनेशकुमार डाँडी, गणेश आचार्य, टिका बिष्ट, शरद रेग्मी, सुमनकुमार थापा र समि भट्ट भण्डारी सदस्य रहनुभएको समाजमा केशव सापकोटा, रुद्धमणी आचार्य, प्रमोदकुमार न्यौपाने, लालिका पोख्रेल, रामवरण बैश्य, बामदेव अधिकारी र डिलु चौधरीलाई सदस्य थप गरिएको छ । समाजको सल्लाहकारमा टिकाराम रेग्मीलाई चयन गरिएको डाँगीले जानकारी दिनुभयो ।

आज शनिबारको भेलामा संयोजक वैदिक र सह–संयोजक नेपालीले राधा माधव समितिले आयोजना गरेको प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रममा सहभागि भई सिकेको कुरालाई जानकारी गराउनुभएको थियो । बिश्वभर फैलिएको कोभिड –१९ को त्रासका कारणले केही समय सम्म प्रभाबकारी हुन नसकेका अभियानहरुलाई आगामी दिनमा कसरी प्रभाबकारी बनाउन सकिन्छ भन्ने बारेमा ब्यापक छलफल गरिएको थियो ।

प्रकाशित मिति : २०७७ फाल्गुन १५ गते शनिवार
प्रतिक्रिया