तुलसीपुरमा १२ स्थानबाट कोरोना विरुद्धको खोप लगाईने

तुलसीपुर, १५ फागुन । सरकारले तेस्रो प्राथमिकतामा परेका समुहलाई आगामी फागुन २३ गतेदेखी फेरी कोरोना विरुद्धको खोप दिने तयारी गरेको छ ।सोहि अनुरुप दाङमा पनि यसको तयारी गरिएको छ ।स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगद बहादुर शाहीको अध्यक्षतामा शुक्रवार घोराहीमा बसेको सरोकारवालाहरुको बैठकले आगामी फागुन २३ गते देखी सन्चालन हुने खोप अभियानको बारेमा छलफल भएको छ ।

कार्यक्रममा सामुदायिक तथा निजि विद्यालयमा कार्यरत १८ बर्ष उमेर पुगेका शिक्षक, यातायात मजदुर र ५५ बर्ष भन्दा माथीका सवै नागरिकलाई कोरोना विरुद्धको खोप दिने जानकारी दिईएको हो ।यस पटक जिल्लाको सम्वन्धित पालिकामा रहेका स्वास्थ्य चौकीबाट समेत खोप दिईने भएको छ ।

सोहि अनुसार तुलसीपुरमा ८ वटा स्वास्थ्य चौकी, तिन वटा नगर स्वास्थ्य केन्द्र र राप्ती प्रादेशिक अस्पताल तुलसीपुरबाट पनि खोप सेवा दिईने जनस्वास्थ्य निरीक्षक बिमल केसीले जानकारी दिनुभयो । फागनु २३ गते देखी सुरु भएको खोप अभियान कार्यक्रम फागुन मसान्त सम्म जारी रहेनछ ।यस अघि सरकारले गएको माघ १४ गतेदेखी २४ गते सम्म पहिलो प्राथमिकतामा परेका समुहलाई कोरोना विरुद्धधको खोप दिएको थियो ।

त्यति बेला जिल्लामा तिन हजार पाँच सय छेयालिस जनाले कोरोना विरुद्धको खोप लगाएका थिए ।त्यसपछि गएको फागुन २ गते देखी १० गते सम्मको अभियानमा ४ हजार ३ सय ३३ जनाले कोरोना भाईरस विरुद्धको खोप लगाएको कार्यालय प्रमुख शाहीले जानकारी दिनु भयो । सरकारले पहिलो र दोस्रो प्राथमिकतामा परेका मानिसलाई माघ र फागुनमा दिएको कोरोना विरुद्धको खोप अभियानमा जिल्लामा आठ हजार मानिसले खोप सेवा लिएका थिए ।

प्रकाशित मिति : २०७७ फाल्गुन १५ गते शनिवार
प्रतिक्रिया