दाङका सिडियोको गृह मन्त्रालयमा सरुवा

काठमाण्डौ, १४ फागुन । दाङका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यको काजमा सुरुवा भएको छ । गृह मन्त्रालयले दाङ र सल्यान सहित ५२ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । प्रजिअको जिम्मेवारीमा रहेका २५ सहसचिव र २७ उपसचिवको सरुवा गर्ने निर्णय भएको हो ।

दाङका प्रजिअ आचार्यको गृह मन्त्रालयमा काज सरुवा भएको छ । गएको असोजमा आएका आचायर्को करिब पाँच महिना दाङ बसाई उहाको सरुवा भएको हो । अव नयाँ प्रमुख जिल्ला अधिकारीको रुपमा जिल्ला प्रशासन कार्यालय कपिलबस्तुबाट दिर्घनारायण पौडेल आउनुहुने छ ।

यस्तै सल्यानका प्रमुख जिल्ला अधिकारी हेमराज तामाङको अध्यागमन कार्यालयमा सरुवा भएको छ । नयाँ प्रमुख जिल्ला अधिकारीको रूपमा लक्ष्मीदेबी होमागाई खतिवडा आउने बताईएको छ ।

प्रकाशित मिति : २०७७ फाल्गुन १४ गते शुक्रवार
प्रतिक्रिया