पत्रकार आचारसंहिता कार्यान्वयका लागि नौ बुँदे घोषणा

तुलसीपुर, १३ फागुन । पत्रकार आचारसंहिता तथा महिला उत्तरदायी सञ्चार निर्देशिका कार्यान्वयनका लागि ९ बुँदे घोषणापत्र जारी गरिएको छ । नेपाल प्रेस काउन्सीलको आयोजनामा काभ्रेपलाञ्चोकको बल्थलीमा भएको पत्रकारसँगको छलफल कार्यक्रम मार्फत घोषणापत्र जारी गरिएको हो ।

घोषणापत्रमा आचारसंहिता कार्यान्वयनलाई प्रभावकारी बनाउन नेपाल प्रेस काउन्सीलले स्वअनुगमन बढाउने, आचारसंहिता र महिला उत्तरदायी निर्देशिकामा उल्लेखित प्रावधानलाई पूर्ण रुपमा पालना गर्न पत्रकारलाई सजग बनाउने, आचारसंहिता सम्बन्धी समय समयमा नमुना सर्वेक्षण गर्ने, काउन्सिलको अनुगमनबाट दोषि ठहर भएका पत्रकार तथा सञ्चारमाध्यमको नाम विना पूर्वाग्रह सार्वजनिक गर्ने लगायतका रहेका छन् ।

पत्रकारीतालाई मर्यादित बानाउन घोषणा पत्रमा उल्लेख भएका कुरा प्रभावकारी रुपमा कार्यान्वयन गर्नेको कुराकानीमा नेपाल प्रेस काउन्सिलका कार्यबाहक अध्यक्ष गोपाल बुढाथोकीले बताए । नेपाल प्रेस काउन्सिलमा चालु आर्थिक वर्षको साउन यता १ सय १९ उजुरी परेका छन् भने काउन्सिलले गरेको स्वअनुगमनमा १ सय ७४ उल्लङ्घनका घटना भएका छन् ।

प्रकाशित मिति : २०७७ फाल्गुन १३ गते बिहिवार
प्रतिक्रिया