नेकपा ओली समूहको स्थायी कमिटी बैठक आजपनि जारी 

सांकेतिक फाईल फोटो

काठमाण्डौं, १३ फागुन ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केपी शर्मा ओली समूहको स्थायी कमिटीको बैठक आज पनि जारी रहने भएको छ ।संसद विघटनको कदमलाई सर्वोच्च अदालतले असंवैधानिक ठहर गरिदिएपछिको राजनीतिक अवस्थाबारे छलफल गर्न हिजोदेखि बैठक सुरु भएको हो । हिजोको बैठकमाट सर्वोच्च अदालतले गरेको फैसला स्वीकार गर्ने निर्णय गरेको छ ।

अदालतको फैसला स्वीकार्दै अदालतले तोकेको समयसीमा भित्रै संसद्को बैठक बोलाउने निर्णय भएको ओली समूहका प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बताउनुभयो । अनपेक्षित भएपनि शक्ति पृथकीकरणको सिद्धान्त मान्ने पार्टी भएकाले सर्वोच्चको फैसला स्वीकार्दै कार्यान्वयनमा लैजाने, फैसलापछि पार्टीको अवस्थाबारे थप छलफल गर्न केन्द्रीय कमिटी र संसदीय दलको बैठक बोलाउने, केन्द्रीय कमिटी बैठक र दलको बैठक छिटै बोलाउने निर्णय भएको उहाँले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७७ फाल्गुन १३ गते बिहिवार
प्रतिक्रिया