तुलसीपुर उद्योग बाणिज्य संघको प्रेस सल्लाहकार सहित सदस्य मनोनित

तुलसीपुर, १२ फागुन । तुलसीपुर उद्योग बाणिज्य संघले प्रेस सल्लाहकार सहित सदस्यलाई मनोनित गरेको छ । संघको सम्पन्न भएको बैठकले शरद रेग्मीलाई पुन प्रेस सल्लाहकारमा चयन गर्ने निर्णय गरेको छ ।

संघका अध्यक्ष रामप्रसाद चालिसेको अध्यक्षतामा बसेको बैठकले सघंको सल्लाहकारमा मिनराज वली, अनुपकुमार श्रेष्ठ,कानुनी सल्लाहकारमा प्रविण लम्साल, सदस्यमा मदन केसी र विर बहादुर भण्डारीलाई मनोनित गरेको हो ।

प्रकाशित मिति : २०७७ फाल्गुन १२ गते बुधवार
प्रतिक्रिया