सर्वोच्च अदालतले गरेको फैसला स्वीकार गर्ने ओली समुहको निर्णय

काठमाण्डौ, १२ फागुन ।नेकपा ओली समूहको स्थायी कमिटी बैठकले सर्वोच्च अदालतले गरेको फैसला स्वीकार गर्ने निर्णय गरेको छ । अदालतको फैसला स्वीकार्दै अदालतले तोकेको समयसीमा भित्रै संसद्को बैठक बोलाउने निर्णय भएको ओली समूहका प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बताए ।

संसद अधिवेशन निर्धारित समयमै आह्वान गर्ने निर्णय भएको र फैसलाले दिएको समयसीमा भित्रै बैठक बस्ने ज्ञवालीले जानकारी दिए । त्यस बीचमा अन्य राजनीतिक दलहरुसँग पनि छलफल हुने उनले बताए ।सर्वोच्च अदालतले मंगलवार संसद् विघटनको निर्णय बदर गर्दै १३ दिनभित्र बैठक बोलाउन आदेश दिएको छ ।

राजधानीमा उपलब्ध स्थायी कमिटी बैठकले चारवटा निर्णय गरेको ज्ञवालीले बताए । अनपेक्षित भएपनि शक्ति पृथकीकरणको सिद्धान्त मान्ने पार्टी भएकाले सर्वोच्चको फैसला स्वीकार्दै कार्यान्वयनमा लैजाने, फैसलापछि पार्टीको अवस्थाबारे थप छलफल गर्न केन्द्रीय कमिटी र संसदीय दलको बैठक बोलाउने , केन्द्रीय कमिटी बैठक र दलको बैठक छिटै बोलाउने निर्णय भएको ज्ञवालीले बताए ।

प्रकाशित मिति : २०७७ फाल्गुन १२ गते बुधवार
प्रतिक्रिया