बस अनियन्त्रित भई दुर्घटना हुदा दाङका चालकको मृत्यु

दाङ, १२ फागुन । बस अनियन्त्रित भई दुर्घटना हुदा चालकको मृत्यु भएको प्रहरीले बताएको छ ।मृत्यु हुनेमा बस चालक दाङको घोराही उपमहानगरपालिका वडा नम्वर १४ बस्ने ४० बर्षिय मोतिराम बुढाथोकी रहेका छन् ।जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीका अनुसार दाङबाट काठमाडौका लागी छुटेको ना ६ ख ५०३५ नम्वरको बस विनयी त्रिवेणी गाउँपालिका वडा नम्वर २ घ्युखोला नजिकै गएराती दुर्घटना भएको हो ।

बस आफै अनियन्त्रित भई दुर्घटना हुदा यात्रु सामान्य घाईते भएका थिए भने चालक मृत अवस्थामा फेला परेको प्रहरीले बताएको छ ।
राती भएको दुर्घटनामा यात्रु खासै घाईते नभएको र चालक सम्पर्कमा नभएपछि खोजीकार्य गर्ने क्रममा गाडी देखी झन्डै डेढ सय मिटर तल मृत अवस्थामा फेला परेको प्रहरीले बताएको छ । चालकको शवलाई पोष्टमाटमका लागी अस्पतालमा राखीएको बताईएको छ । घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७७ फाल्गुन १२ गते बुधवार
प्रतिक्रिया