तुलसीपुरमा भएको दुर्घटनामा घाइते अटो चालकको मृत्यु

तुलसीपुर, ११ फागुन / तुलसीपुरमा भएको दुर्घटनामा परेर घाइते भएका अटो चालकको मृत्युको छ । मृत्यु हुनेमा अटो चालक शान्तिनगर गाउँपालिका १ पेदीखोला निबासी ३० बर्षका रेशम विक रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी शिवबहादुर सिंहले जानकरी दिनुभयो ।
तुलसीपुरबाट पश्चिम तर्फ गइरहेको रा१ह ४३३६ नम्बरको यात्रुबाहक अटो र विपरित दिशाबाट आइरहेको रा१ज ५०८ नम्बरको जीप सोमबार  दिउँसो सवा ३ बजे तुलसीपुर–८ चमीखोलामा एकआपसमा ठोक्किदा दुर्घटना अटो चालक विक सहित ५ जना घाइते भएका थिए । विकको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि कोहलपुर लग्दै गर्दा बाटोमै मृत्यु भएको थियो ।

प्रकाशित मिति : २०७७ फाल्गुन ११ गते मङ्गलवार
प्रतिक्रिया