बुटवलमा पैदलयात्रुलाई ठक्कर दिएर भागेको बस तुलसीपुरमा पक्राउ

तुलसीपुर, ६ फागुन / बुटवलमा पैदलयात्रुलाई ठक्कर दिएर भागेको बस चालकलाई प्रहरीले दाङको तुलसीपुरमा पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–७ निबासी २५ बर्षका दामोदर धिताल रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक झलक प्रसाद शर्माले जानकारी दिनुभयो ।

बसले ठक्कर दिए लगत्तै मृत्यु भएका व्यक्तिको सनाखत नभएको प्रहरीले जनाएको छ । काठमान्डौबाट दाङको तुलसीपुरका लागि छुटेको रा१ख२४३८ नम्बरको बसले गएराति बुटवलको प्रहरी तालिमकेन्द्र नजिकै पैदलयात्रुलाई गएराति १ बजे ठक्कर दिएको थियो । प्रक्राउ परेका चालकलाई प्रहरीले बुटवल पठाउने तयारी गरीहरेको छ ।

प्रकाशित मिति : २०७७ फाल्गुन ६ गते बिहिवार
प्रतिक्रिया