तुलसीपुर,२ साउन । तुलसीपुर उपमहानगरपालिका नगर कार्यपालिका गठनका लागि बाटो खुलेको छ । आज भएको निर्वाचनमा ८ जना सदस्य निर्वाचित भएपछि नगरकार्यापालिका गठनका लागि बाटो खुलेको हो । एमालेको तर्फबाट उम्मेदवारी दिएका शुसिला बुढाथोकी ५३, चित्रा मल्ल ५४, शान्ता पुन ५२, डिला परियार ५३, जानका रेग्मी ५४, देबराज विश्वकर्मा ५३, दिपक कुमाल ५९ र अमर नेपालीले ६२ मत प्राप्त गरेर निर्वाचित भएको तुलसीपुर उपमहानगरपालिकका सहायक निर्वाचन अधिकृत ललित घर्तिले जानकारी दिनुभयो ।
निर्वाचन कार्यालयका अनुसार ७ जना एमाले र एक जना माओवादी केन्द्रबाट विजयी भएका हुन् । ८ पदका लागि कांग्रेस, एमाले र माओवादी केन्द्रबाट १५ जनाको उमेदवारी परेको थियो । निर्वाचनमा यसअघि नगरसभामा निर्वाचित ९७ जना जनप्रतिनीधिले मतदान गरेका थिए ।
नगरसभामा निर्वाचित पाँच जना महिला सदस्य, र दलित वा अल्पसंख्यक समुदायबाट नगरसभाले निर्वाचित गरेका तीन सदस्य सहित ८ जना नगर कार्यपालिकाको सदस्य रहने संवैधानिक व्यवस्था छ । यो संगै नगर कार्यपालीकामा नगर प्रमुखको संयोजकत्वमा २९ सदस्य कार्यपालिका गठन हुने छ । नगर उप प्रमुख र वडा अध्यक्षहरु स्वत कार्यपालिकामा रहने व्यवस्था छ ।
नगरसभाको अन्तिम मतपरिनाम आएको १५ दिनभित्र निर्वाचन आयोगले कार्यपालिकाको गठन प्रकृया अघि बढाएको हो । मंगलबार दिउसो एक बजेका लागि सफथग्रहणको समय निर्धारण गरिएको छ । सपथ ग्रहण संगै कार्यपालिको कार्यआरम्भ हुने छ ।